मौसम : मध्य क्षेत्रमा हावाहुरी, पूर्वमा ठूलो पानी पर्ने सम्भावना

 साउन १३, २०७५ आइतबार १३:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आइतबार देशभरको मौसम बदली भएको छ । अझै केही दिन देशभरकै मौसम बदली रहने र केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

मनसुन सक्रिय भएसँगै गए रातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमी क्षेत्रमा पानी परिरहेको छ भने बेलुकीपख पूर्वी क्षेत्रमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै मध्य क्षेत्रका धेरै ठाउँमा पनि भोलिसम्मै पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । आज राति हावाहुरीसमेत चल्ने सम्भावना छ ।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया