पाइलटले रक्सी पिएपछि काठमाडौंबाट दुबई उड्न लागेको जहाज विमानस्थलमै रोकियो

 साउन १३, २०७५ आइतबार १४:४५:१७ | उज्यालो सहकर्मी

काठमाडौं - पाइलटले रक्सी पिएपछि काठमाडौंबाट दुबई उड्न लागेको फ्लाई दुबईको जहाज काठमाडौं विमानस्थलमै रोकिएको छ । एफजेड ७३७ फ्लाइट नम्बरको जहाज बिहान ९:५० बजे उड्नुपर्ने तालिका थियो । तर पाइलटले रक्सी पिएको थाहा भएपछि उडान रद्द गरिएको हो । 

विमानस्थल स्रोतका अनुसार जहाज उडाउने तयारी भैरहँदा एक पाइलटले रक्सी पिएको कुरा चालक दलका अरु सदस्यलाई थाहा भयो । त्यसपछि उनीहरुले विमानस्थल प्रशासनलाई यसबारे जानकारी गराए । विमानस्थल प्रशासनले ती पाइलटलाई तत्काल स्वास्थ्य जाँच गराएर उडान रद्द गरेको हो । 

विमानस्थल कार्यालयका अनुसार ३:४० मा दुबईबाट आउने अर्को जहाजमा नयाँ पाइलट पनि सँगै आउँछन् । त्यसपछि मात्र रोकिएको जहाज दुबईको लागि उड्नेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया