पाइलटले रक्सी पिएपछि काठमाडौंमा रोकिएको जहाज बेलुकी ७:२० मा दुबई उड्ने

 साउन १३, २०७५ आइतबार १५:५२:५१ | उज्यालो सहकर्मी

काठमाडौं - पाइलटले रक्सी पिएका कारण काठमाडौं विमानस्थलमा रोकिएको फ्लाई दुबईको जहाज बेलुकी ७:२० बजे दुबई उड्ने भएको छ । दुबईबाट अर्का पाइलट आएपछि बेलुकी ७ः२० बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेशन म्यानेजर अबिक श्रेष्ठले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

बिहान ९:५० मा उड्नुपर्ने एफजेड ७३७ नम्बरको जहाजका एक पाइलटले रक्सी पिएको थाहा भएपछि उडान रद्द भएको थियो । तर फ्लाइ दुबईको नेपाल कार्यालयले भने पाइलटले रक्सी नपिएको दाबी गर्दै स्वास्थ्यमा समस्या आएको जनाएको छ ।

'उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्न पठाइएको मात्र हो' श्रेष्ठले भन्नुभयो । तर विमानस्थल स्रोतका अनुसार पाइलटले रक्सी पिएको थाहा भएकाले उडान रद्द गर्नुपरेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया