जान्हवी पछि श्रीदेवीकी अर्की छाेरी खुशी पनि बलिउडमा अाउने तयारीमा

 साउन १३, २०७५ आइतबार १६:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेतृ श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरको डेब्यु फिल्म ‘धडक’ बक्स अफिसमा सफल सावित भइसकेको छ । 

जान्हवी कपूरको यस फिल्मले प्रदर्शनको ८ दिन नपुग्दै ५० करोड भन्दा बढीको व्यापार गर्दै सन् २०१८ मा सर्वाधिक व्यापार गर्ने फिल्महरु मध्यको एक बन्न सफल भइसकेको छ ।

फिल्म ‘धडक’ निर्माता करण जोहरले निर्माण गरेका हुन भने यस फिल्मको निर्देशन शशांक खेतानले गरेका हुन । 

यस अघि श्रीदेवी र बोनी कपूरकी छोरी भनेर चिनिने जान्हवी कपूरले पहिलो फिल्मबाटै अभिनयका बलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन ।

पहिलो फिल्मबाटै सफलताको स्वाद चाखेकी जान्हवी कपूर अब उनकी बहिनी खुशी कपूरलाई पनि बलिउडमा ल्याउन प्रयासमा छिन् । 

यस कुराको प्रमाण स्वयम् जान्हवी र खुशी कपूरले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरहरु हुन । सार्वजनिक भएका तस्विरमा जान्हवी उनकी बहिनीलाई जीममा तालिम गराई रहेकी देखिन्छीन । 

फोटोमा जान्हवी बहिनी खुशीलाई कसरत गराएर फिट बनाउदै गरेकी देखिन्छिन् । 

पछिल्लो केही दिन यता श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि अब छिट्टै बलिउड डेब्यूको तयारी गरिरहेको खबर भारतिय मिडियाले प्रकाशित गरिरहेका छन् । 

खबरहरुका अनुसार खुशी कपूरलाई मोडलिङ अफरहरु पनि आइरहेका छन् । तर उनले कुनै पनि अफरहरु स्वीकारेकी छैनन् । 

खुशीले मोडलिङ स्वीकार नगर्नुको कारण बलिउड नै रहेको छ । खुशी कपूर मोडलिङमा आफ्नो करियर बनाउन चाहन्थीन तर अब भने उनको मन बदलिएको छ ।

खुशी अब मोडलिङ नभइ बलिउडमा आफ्नो करियर बनाउन चाहन्छिन् ।

तर खुशी कपूरले कुन निर्देशकका साथमा कहिले बलिउड डेब्यू गर्दैछिन भन्ने कुरा भने अहिले टुंगो लागिसकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया