उदयपुरको भुल्केका ८ जनालाई थप परीक्षणका लागि धरान लगियो

 बैशाख ९, २०७७ मंगलबार १३:१०:४६ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-३, भुल्केका थप ८ जनालाई कोरोना विशेष अस्पताल धरान लगिएको छ ।

कोरोना सङ्क्रमणको शंका लागेपछि उनीहरुलाई धरान लगिएको हो । भुल्केमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण भएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो । 

स्वाब संकलन गरिएका मध्येकै आठजना शंकास्पद देखिएकोले उनीहरुलाई धरान लगिएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । स्वाबको पुन: परीक्षणका लागि उनीहरुलाई धरान लगिएको र सङ्क्रमित भए नभएको यकिन गर्न पुन:परीक्षण गर्नुपर्नै उहाँले बताउनुभयो ।

उनीहरुको पुन :परीक्षणपछि मात्र अन्तिम रिपोर्ट आउनेछ । 

यसैबीच, भुल्केको मस्जिद वरपरको बस्तीलाई लक गरिएको छ । बस्तिका बासिन्दालाई बाहिर जान र बाहिरबाट आएकालाई बस्ती प्रवेशमा रोक लगाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया