फ्राइडे काराेबार: तीन सिनेमा मध्ये कारोबारमा ‘रोमियो एण्ड मुना’ अगाडि

 साउन १३, २०७५ आइतबार १६:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌ं - यो शुक्रबार प्रदर्शनमा आएका तीन सिनेमा मध्ये ‘रोमियो एण्ड मुना’कारोबारमा अगाडि रहेको छ । 

नरेश कुमार केसीको निर्देशन रहेको सिनेमा ‘रोमियो एण्ड मुना’को शुक्रबार ६५ प्रतिशत अकुपेन्सी थियो भने शनिबार बढेर ८५ प्रतिशत पुगेको थियो । 

देशभरका ८० वटा हलमा प्रदर्शनमा आएको यस सिनेमाको कलेक्सन भने अहिले सम्म सार्वजनिक भएको छैन । 

आईतबार बेलुकासम्म बक्स अफिसबाट सिनेमाको कलेक्सन थाहा हुने सिनेमाका निर्माता प्रसन्न गोपालीले जानकारी दिए । 

यस सिनेमामा अभिनेता विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सिनेमामा शहरीया रोमियो र गाउँले मुनाको प्रेमकथा प्रस्तुत गरिएको छ । 

म्युजिकल लभस्टोरीमा आधारित रहेको ‘रोमियो एण्ड मुना’ मा गौरव डोगाउंकर, कोशिस क्षेत्री र  कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ । 

थाइल्याण्ड तथा नेपालका आकर्षक दृश्य समेटिएको यस सिनेमामा रोमियो र मुनाको प्रेमलाई फरक ढंगले प्रस्तुत गरिएको छ । प्रसन्न गोपाली, राम बर्मा, कविन शाक्य र अभिनेता विनय मिलेर सिनेमा निर्माण गरेका हुन् ।

‘रोमियो एण्ड  मुना’ २ करोडभन्दा माथिको बजेटमा निर्माण भएको सिनेमा हो । उता यही सिनेमासँगै प्रदर्शनमा आएको सिनेमा ‘चिमुसीची’ ले पनि सुखद् कारोबार गरिरहेको छ ।

शुक्रबार यस सिनेमाको ५० प्रतिशत अकुपेन्सी रहेको थियो भने सिनेमाका निर्देशक दिनेश श्रेष्ठका अनुसार शनिबार पनि सिनेमाको कारोबार सुखद् नै रहन गयो । 

दिनेश श्रेष्ठको निर्देशन रहेको यस सिनेमामा  सुशान्त कार्की,  सुनिल क्षेत्री,  अलिशा शर्मा,  शिवराज कार्की,  शेखर अधिकारी,  कमली वाइवा, शशांक बस्याल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।  

देशभरका झण्डै ७० वटा हलमा प्रदर्शनमा आएको यो सिनेमा म्युजिकल थ्रिलर विधामा निर्माण गरिएको छ । यो सिनेमानिर्माणमा ८५ लाखलागेको निर्माण पक्षले जनाएको छ । 

यीदुई सिनेमा सँगै प्रदर्शनमाआएको सिनेमा ‘सुकुलगुण्डा’ कारोबारमा पछि परेको छ । प्रचारप्रसारविना नै हलमा लागेको यो सिनेमालाई दर्शकको खासै साथ मिल्न सकेन ।
 

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया