बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते

 जेठ १३, २०७५ आइतबार ११:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते भएका छन् ।
 
दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो । एम्बुलेन्स सडकबाट झण्डै एक किलोमिटर तल झाडीमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो ।

एम्बुलेन्स दुर्घटनामा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, ४० वर्षीय देवदत्त भट्ट १८ वर्षीय गणेशदत्त भट्ट र  एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ वर्षीय गोविन्द धामी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते सबैको प्रहरीले उद्धार गरेको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको बताइएको छ । एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया