उदयपुरमा मास्क सिलाएर वितरण गर्ने व्यक्ति र अटो चालकलाई पनि कोरोना सङ्क्रमण

 बैशाख १०, २०७७ बुधबार १९:५३:२९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-३ मा मास्क बनाउने जिम्मा दिइएका व्यक्तिलाई नै कोरोनाको सङ्क्रमण भएको छ ।

भुल्केमा टेलरिङ व्यवसाय सञ्चालन गर्ने ती व्यक्तिलाई एक सामुदायिक वन कार्यालयले मास्क बनाउने जिम्मा दिएको थियो । उनले ८ सय वटा मास्क तयार गरेका र तीमध्ये आधा जति आफैँले वितरण गरेका थिए । उनले बनाएकामध्ये चारसय मास्क भुल्केको मस्जिद आसपासको गाउँमा वितरण गरिएको थियो । 

त्यस्तै भुल्केकै एक अटो चालकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । उनको परिवारका पाँच जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनले धेरैजसो भुल्के, मोतिगडा, गाईघाट, सोनुवा, मोथियाही लगायतका ठाउँमा अटो चलाएका थिए ।

यी दुवै भुल्केमा सङ्क्रमण पुष्टि भएका ११ जनामध्येमा पर्दछन् ।

अटोमा चढेका सर्वसाधारण र अटो चालकहरु गरी सयौँ जना उनको  सम्पर्कमा आएको हुनसक्ने सिटी सफारी तथा अटो व्यवसायी संघका अध्यक्ष जयप्रसाद आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • dhama paudyal

    April 23, 2020, 7:41 a.m.

    स्थिती भयाबह हुने संकेत पो आयो त । हिजो इन्डिया टिभी बाट र जत शराको कार्यक्रम हेरेर म त झान्डै बेहोस भएको यो कोरोना कसरी फैलिदो रेछ भनेर । इन्डिया को कुनै एक ठाउ सायद नाग पुर को एक जना ६८ बर्षिय ब्यक्ती बाट उन्को परिवार नातेदार हुँदै ऐले सम्म २५०० भन्दा बढी मा कोरोना फैलिएको भेटी इ सकेछ । अझ अरुको खोजी हुँदैछ रे । यस्ले लक डाउन र सामाजिक दुरी राख्नु कती आबस्यक रेछ भन्ने देखाउछ । अब हाम्रो उदयपुरमा पनि त्यस्तै पो हुने देखियो त ।

  •  0 Reply

तपाईको प्रतिक्रिया