पत्याउनुहुन्छ ! अस्पतालको आईसीयू कक्षभित्र माछा पौडी खेल्छ

 साउन १३, २०७५ आइतबार १७:४८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

बिहारको एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा माछा पौडी खेलिरहेको भेटेएपछि बिरामी अचम्ममा परेका छन् ।

 

पटना नालण्डा मेडिकल कलेज तथा अस्पतालमा आउने बिरामी त्यतिबेला छक्क परे जब उनीहरुले सघन उपचार कक्षमा माछा पौडी खेलिरहेको भेटे । गएको केही दिनदेखि अस्पताल वरिपरी र त्यो शहरका अन्य क्षेत्रमा भारी वर्षा भैरहेको छ । त्यही वर्षाका कारण अस्पतालभित्रै बाढीसँगै माछाहरु पसेको जनाइएको छ ।

भिडियोहरुमा सात माछाको समूह अस्पतालको सघान कक्ष (आईसीयू) मा पौडी खोलिरहेको देखाइएको छ । त्यो बाहेक अस्पतालको आकस्मिक कक्ष र सामान्य कक्षहरुमा पनि बाढी पसेको छ । अस्पतालको सबै वार्डहरु भुइँ तलामा रहेका कारण पनि प्रायः वर्षहरुमा त्यहाँ बाढी पस्ने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

बाढी आएको पानी अस्पतालमा पस्ने त्यहाँको वषौंको समस्या रहे पनि सरकारले क्षति रोकथामको कुनै काम नगरेको भन्दै स्थानीयबासिन्दाले सरकारको आलोचना गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया