प्रियंका चोपडाले ‘भारत’ छाेडिन्, उनकाे ठाउँ कट्रिनाले लिने पक्का

 साउन १३, २०७५ आइतबार १८:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

लामो समयको अन्तराल पछि अभिनेत्री प्रियंका चोपडा बलिउडमा कमब्याक गरिरहेकी थिइन् ।

प्रियंका अभिनेता सलमान खानका साथ ‘भारत’ मा काम गर्ने खबर बलिउडमा चर्चाको विषय बनेको थियो । 

तर प्रियंकाले फिल्म ‘भारत’ साइन गरेर यस फिल्मको छायाँकन सुरु भइसकेपछि लिएको निर्णयले सबैलाई चकित बनाइदिएको छ ।

प्रियंकाले अचानक यस फिल्मबाट हात झिकेकी छिन् । उनले यो फिल्म नगर्नुको कारण उनका अमेरिकी प्रेमी निक जोनास हुन् भनिएको थियो । 

तर पछिल्लो खबरहरुका अनुसार प्रियंकालाई फिल्म ‘भारत’ मा उनी बाहेक अर्की अभिनेत्री पनि राखिएको कुरा चित्त नबुझेकाले यो फिल्म छोडेको पनि बताइएको छ ।

प्रियंकाले अचानक ‘भारत’ छोडेपछि फिल्म युनिटलाई ठूलै झड्का लागेको छ । 

अब उनको यस भूमिकामा कुन अभिनेतृलाई राखिनेछ भन्ने कुराको पनि चर्चा चलिरहेको छ । भारतीय एक मिडियाका अनुसार अब प्रियंकाको ठाउँमा अभिनेत्री कट्रिना कैफलाई फाइनल गरिएको खबर सार्वजनिक भएको छ । 

यस अघि पनि अभिनेत्री कट्रिना कैफलाई फिल्म ‘भारत’ सँग जोडेर खबरहरु आएका थिए तर पछि यस फिल्ममा प्रियंका चोपडाको इन्ट्रीले उक्त खबरलाई गलत सावित गरिदिएको थियो । 
अहिले फेरी कट्रिना नै यस फिल्मकी अभिनेत्रीको रुपमा चुनिएको छ । 

तर कट्रिनालाई ‘भारत’ का लागि अहिलेनै समय दिन गर्न निकै कठिन छ । किनकी उनी एकातिर अभिनेता शाहरुख खानका साथ फिल्म ‘जेरो’ मा व्यस्त छिन भने अर्कोतर्फ उनको दोस्रो फिल्म आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’को छायाँकन पनि सक्काउनु छ । 

फिल्म ‘जिरो’ र ‘ठग्स अफ हिन्दोस्तान’ जस्तो ठूलो बजेटका फिल्मको काम सकेर मात्रै सेप्टेम्बर महिनादेखि उनी ‘भारत’ छायाँकंन सुरु गर्ने भएकी छिन ।

अभिनेत्री कट्रिना कैफ निर्देशक अलि अब्बास जफर र सलमान खानका साथ ‘टाइगर जिन्दा हे’ मा काम गरिसकेकी छिन् ।

सलमान र कट्रिनाको जोडी दर्शकले निकै रुचाएका थिए । साथै निर्देशक अलि अब्बास जफरसँग पनि राम्रो सम्बन्ध भएका कारण कटरिनाले ‘भारत’ टिमलाई समस्या परेको यस समयमा साथ दिएकी हुन् ।

कट्रिना यस फिल्ममा हुनुको कारण सलमान खानसँगको सम्बन्ध पनि प्रमुख मानिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया