उदयपुरमा कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएका ५८ जनाको स्वाब संकलन

 बैशाख ११, २०७७ बिहिबार २१:२४:१५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केमा २९ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमितको सम्पर्कमा रहेका अन्य ठाउँका मानिसको पनि स्वाब संकलन गर्न थालिएको छ ।

 भुल्केमा भेटिएका सङ्क्रमितहरु चौदण्डीगढी नगरपालिकाको एक मस्जिदमा ३ दिन बसेको खुलेपछि त्यो क्षेत्रका सम्भावितहरुको पनि स्वाब संकलन गरिएको हो । 

चौददण्डीगढी नगरपालिका-५ को रामजानकी टोल, टोकनीटोल, अजगरा, बडारुवाटोल, सुन्दरपुर र ९ नम्बर वडाकोे पूर्वटोल ज्यामिरे कदमगाछीमा ५८ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । संकलित स्वाब परीक्षणका लागि विराटनगर लगिएको उहाँले बताउनुभयो । 

प्रदेश १ सरकारले खटाएको स्वास्थ्यकर्मी टोली र जिल्ला जनस्वास्थ्यको टोलीले स्वाब नमुना संकलन गरेको हो । पहिलो चरणमा संकलित स्वाबको रिपोर्टका आधारमा अरुको पनि स्वाब संकलन गरिने चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया