मोनिकाले पहिरिइन् ‘मिस क्वीन लमजुङ’को ताज

 साउन १३, २०७५ आइतबार १९:५:२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ‘मिस क्वीन लमजुङ–२०१८’ को ताज मोनिका गुरुङले पहिरिएकी छिन् ।

आठजना प्रतिस्पर्धीलाई पछि पार्दै बेसीशहरकी गुरुङले लमजुङमा आयोजित मिस क्वीन लमजुङको ताज पहिरिएकी हुन् । 

तनहुँ इभेन्ट म्यानेजमेन्टद्धारा आयोजित प्रतियोगिताबाट ताजसँगै गुरुङले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छिन् । उनले प्रतियोगिताको ‘मोस्ट ब्यूटीफूल’ उपाधि जितेकी हुन् । प्रतियोगितामा बेसीशहरकी सारा लामा (तामाङ) फस्र्ट रनरअप र बेसीशहरकै मोनिका श्रेष्ठ सेकेन्ड रनर अप घोषित भएका छन् ।

लामाले मिस क्याटवाकको उपाधि पाएकी छिन् । श्रेष्ठले भने बेस्ट फिगरको उपाधि पाएकी छिन् । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँको साथमा मेडल, ताज र प्रमाणपत्र पाएका छन् । यस्तै, उत्कृष्ट पाँचभित्रमा सुमिना श्रेष्ठ र सिमरन श्रेष्ठ परेका छन् ।

सिमरनले मिस पपुलर, बेस्ट स्माइलको उपाधिसँगै अर्गनाइजर च्वाइसको ताज पहिरिएकी छिन् । सुमिनाले मोस्ट डिसिपिलिनको ताज पहिरिएकी हुन् । प्रतियोगितामा ‘मोस्ट ट्यालेन्ट’ र ‘मोस्ट फ्रेण्डली’ सर्मिला परियार, ‘बेस्ट स्किन’ पुनम लामा, ‘बेस्ट स्माइल’, ‘मिस पपुलर’ सिमरन श्रेष्ठ, मिस फोटोजेनिक, मोस्ट फ्र्याङ्क सलिना पराजुली घोषित भएका छन् ।
 
करिव एक महिने लामो प्रशिक्षण पश्चात् प्रतियागिता शनिबार सम्पन्न भएको हो । तनहुुँमा तीन चरणसम्म आयोजना भएको प्रतियोगिताको कार्यक्षेत्रलाइ विस्तार गर्दै आयोजकले लमजुङमा पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो । 

आगामी वर्ष यसै कार्यक्रमलाई निरन्तरता दिँदै पछिल्लो चरणहरुमा प्रदेशस्तरिय प्रतियोगिता आयोजना गर्ने आयोजक संस्थाकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो ।
   

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया