विश्वभर कोरोना सङ्क्रमितको संख्या २८ लाख नाघ्यो : साढे ७ लाखभन्दा बढी उपचारपछछि निको

 बैशाख १३, २०७७ शनिबार ६:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमितको संख्या २८ लाख नाघेको छ ।

२ सय १० देश र दुई पानी जहाजमा फैलिँदा २८ लाख २६ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ लाख ८१ हजार २ सय ५४ जना निको भएका छन् । १८ लाख ४८ हजारभन्दा धेरैको उपचार चलिरहेको छ ।

उपचार गराइरहेका मध्ये ५८ हजार ३ सय ८४ जना अर्थात ३ प्रतिशतको अवस्था जटिल छ भने अरुको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ ।

१ लाख ९६ हजार भन्दा धेरैको भने ज्यान गएको छ । गएको २४ घण्टामा १ लाख ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् भने ६ हजारभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा मात्रै ९ लाख २३ हजार ६ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५२ हजार ९२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको वल्डओमिटरले जनाएको छ ।

यस्तै इटालीमा साढे २५ हजारभन्दा धेरै, स्पेनमा साढे २२ हजारभन्दा धेरै, फ्रान्समा २२ हजारभन्दा धेरै र बेलायतमा साढे १९ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी भारतमा २४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा साढे ७ सय भन्दा धेरैको ज्यान गैसकेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया