सरकारले लकडाउनका विषयमा आज निर्णय गर्ने

 बैशाख १३, २०७७ शनिबार ७:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ ।

तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो । त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ । झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • सन्जिब बाबु काफ्ले भैरहवा

    April 25, 2020, 9:25 a.m.

    २०५2 सालमा तत्कालीन सान्सद ले ४० सुत्रीय माग पेश गरेका थिय त्यो मागको बेवास्ता गरेर सरकार अगाडी बड्दा १७ हजार नेपाली ले ज्यान गुमाउनु परेको कुरा स्मरण गर्दै यो महमरी बाट जनता सुरछित हुन्छन् कि हुन्न्न भन्ने कुरा लाई विशेष महत्त्व दियर लक्डाउन खुकुलो पर्दा फेरि ठुला ठुला बिकसित राश्ट्र ले झै क्षति ब्योहर्न नपर्ने गरि सरकार को निर्णय को अपेक्षा गर्द्छु

  •  0 Reply

तपाईको प्रतिक्रिया