च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
उदयपुर - त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा २८ जना सङ्क्रमित पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को टोली उदयपुर आएको छ ।
कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वामा डब्लूएचओेको टोली उदयपुर आएको हो ।
स्वास्थ्य सेवा विभाग टेकुका इडीसीडीका लिलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली बिहीबार त्रियुगा नगरपालिका३, भुल्केमा आएको हो ।
उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्च स्तरिय संयन्त्रलाई सुझाव पेश गर्नेछ । स्वास्थ्य कार्यालय उदयपुर र नगरपालिकालाई सहयोग पुर्याउनको लागि टोली आएको टोलीका सदस्य प्रदिप रिमालले बताउनुभयो ।
हालसम्म टोलीले सङ्क्रमित क्षेत्रमा गई बालबालिकाहरुको स्वास्थ्यको अवस्थाको बारेमा बुझेर त्यस समुदायमा सामान्य किसिमका बिरामीहरु देखिएकोले नगरपालिकालाई दिएको सुझाव अनुसार शुक्रवार १ दिने स्वास्थ्य शिविर सञ्चालन भएको रिमालले बताउनुभयो ।
सङ्क्रमित क्षेत्रमा रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमा गरी २ वडामा कोरोना सङ्क्रमित भेटिएको खण्डमा कसरी उपचार गर्नै निगरानी कसरी गर्ने, सङ्क्रमितको सम्पर्कमा आएकाहरुको निगरानी फर्म भर्ने, भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम चलाएको रिमालले बताउनुभयो ।
कोरोना कहाँ र कसरी भित्रियो, सङ्क्रमण कुन तहमा जादैछ, कोरोना कसरी फैलँदै छ भन्ने विषयमा स्वाब संकलन गरिएको रिपोर्ट र टोलीले गरेको स्थलगत अनुसन्धानको आधारमा मात्र निष्कर्ष निकालिने टोलीका सदस्य रिमालले जानकारी दिनुभयो ।