बलिउडका कि‌ंग खान-शाहरुख खान ट्राफिक नियम सिकाउँदै ?

 साउन १३, २०७५ आइतवार १९:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा शाहरुख खान भन्नेबित्तिकै उनले दुईहात फैलाएर दिने पोज सबैको दिमागमा आउन थाल्छ । 

संसारभर उनको यो सिग्नेचर पोज निकै चर्चित रहेको छ । 

बलिउडक सुपरस्टार अभिनेता शाहरुख खानको यही पोज भारतको आसामका ट्राफिक प्रहरीले जनचेतनाका लागि प्रयोग गरेको छ । 

आसाम प्रहरीले शाहरुखको दुइहात फैलाएको तस्बिरसहित एक हातको प्लेकार्ड बोकेको तस्विर सामाजिक संजालमा पोष्ट गरेको छ । 

उक्त प्लेकार्डमा ‘कृपया ट्राफिक नियमको पालना गर्नुहोस्’ लेखिएको छ भने उनको पछाडि एउटा गाडी गुडिरहेको पनि देखिन्छ । 

आसामको ट्राफिक प्रहरीका एक अधिकारीले यो पोष्टर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 

शाहरुख खानले यसरी आफ्नो सिग्नेचर पोज जनचेतनाको लागि प्रयोग गरिएकोमा खुशी व्यक्त गदैं सो पोष्ट रिट्वीट गरेको छन् । 

उनले पोष्टर ट्वीटरमा पोष्ट गर्दै लेखेका छन् ‘यस पोजले महत्वपूर्ण सूचना दिएको छ । कृपया ट्राफिक नियमको पालना गर्नुहोस ।’ 
 

अन्तिम अपडेट: साउन २१, २०७५

तपाईको प्रतिक्रिया