सांसद महेश बस्नेत र पूर्व आईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दिन जाँदै

 बैशाख १४, २०७७ आइतबार १५:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा जनता समाजवादी पार्टीले नेकपाका सांसद महेस बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दायर गर्न जान लागेको पार्टीका नेता केशव झाले जानकारी दिनुभएको छ ।

पार्टी फुटाउनको लागि महोत्तरी पुगेर आफ्ना सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरिएको जनता समाजवादी पार्टीले आरोप लगाएको छ ।

बस्नेत र खनाल र अर्का सांसद किसान श्रेष्ठविरुद्ध उजुरी दिन डाक्टर बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेको नेता विश्वदीप पाण्डेले जनाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Ram hriday yadav

    April 26, 2020, 5:15 p.m.

    यो के पी ओलि तन्त्र हो नेपालमा सान्सद सुरिछत छैन आम जन्ता के सुरिछत रहन्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया