लकडाउन वैशाख २५ गतेसम्म थपियो, उद्योग खोल्न पाइने

 बैशाख १४, २०७७ आइतबार १९:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म थपेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए ।

‘नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । चैतको ११ गतेदेखि लकडाउन गरिरहेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया