ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु
चैत १५, २०८० बिहिबार
धनगढीमा गोली प्रहार गरी ९ लाख रकम लुटपाट भएकाे छ । आईएमई सेन्टरका कर्मचारी बैंकमा रकम झिकेर आउने क्रममा लुटेराले रकम लुटेका हुन् ।
आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ का ३७ वर्षीय निर्मल कार्कीमाथि पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो । लु ४० प ४४३८ नम्बरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको सब्जीमण्डीमा आईएमर्इका कर्मचारी कार्कीमाथि गोली प्रहार गरि बैंकबाट झिकेको रकम लुटेर फरार भएका हुन् ।
गाेली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको डाक्टरहरुले बताएका छन् ।