कोरियामा रहेका कर्णालीका युवाद्वारा कर्णाली प्रदेश सरकारलाई ज्वरो नाप्ने थर्मल गन सहयोग

 बैशाख २१, २०७७ आइतबार ७:२६:४३ | मुना हमाल
unn.prixa.net

सुर्खेत - रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका कर्णालीका नागरिकले कर्णाली प्रदेश सरकारलाई ज्वरो मापन गर्ने मेसिन थर्मल गन सहयोग गरेका छन् । 

‘कर्णाली प्रदेश समाज दक्षिण कोरियाले प्रदेशका दश वटै जिल्लालाई उपलब्ध हुनेगरी थर्मल गन सहयोग गरेको हो । शनिबार महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई समाजले पठाएको एकसय १० थान थर्मल गन सुर्खेत समाज दक्षिण कोरियाका पूर्व पदाधिकारी गणेश अधिकारी र लक्ष्मीप्रसाद ढकालले हस्तान्तरण गर्नुभयो । 

समाजले उपलब्ध गराएको १ सय १० थान थर्मल गनमध्ये सुर्खेतमा १६ वटा, रुकुम पश्चिममा १२, सल्यानमा १३, कालिकोटमा ११, मुगुमा ६, दैलेख १४, हुम्लामा ९, डोल्पामा ९, जुम्लामा ११ र जाजरकोटमा ९ वटा पठाउने गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । 

साथै रोजगारीको सिलसिलामा कोरियामा रहेका सुर्खेतको बराहताल गाउँपालिकाका युवाहरुले रकम संकलन गरी पठाएको छुट्टै १० थान थर्मल गन पनि हस्तारन्तरण गरिएको छ । 

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश समाज दक्षिण कोरियालाई धन्यवाद व्यक्त गर्दै दुख गरी कमाएको रकमबाट आफ्नो गाउँठाउँलाई सहयोग गरेकोमा प्रशंसा गर्नुभयो । 

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष पदमबहादुर बस्नेतले विदेशमा भए पनि आफ्नो मातृभूमिमा दुःख पर्दा मिलेर सहयोग गरेको बताउनुभयो । 
आउँदा दिनहरुमा पनि मातृभूमिको लागि ’कर्णाली प्रदेश समाज दक्षिण कोरिया’ले आवश्यक सहयोग गर्ने प्रतिब४ता जनाउँदै सहयोगमा साथ दिने कर्णालीका युवाहरुलाई धन्यवाद व्यक्त पनि गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया