रणवीर सिंह र साउथका स्टार महेश बाबु सँगसँगै

 साउन १४, २०७५ सोमवार १५:२०:३२ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता रणवीर सिंह र दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबु एकैसाथ काम गर्ने भएका छन् । 

अभिनेता रणवीर सिंहले महेश बाबुका साथमा खिचिएको तस्बिर सामाजिक संजालमा शेयर गरेका छन । दुवै अभिनेता एकैखालको कालो रंगको पोशाकमा देखिएका छन । रणवीर र महेश बाबु फिल्ममा नभै एक व्यावसायिक विज्ञापनका लागि एकसाथ काम गरिरहेका छन् । 

अभिनेता महेश बाबु थम्स अपको यो विज्ञापनका लागि १० वर्षदेखि काम गरिरहेका छन् । महेश यस कम्पनीका ब्राण्ड एम्बासेडर हुन् । महेश बाबुको यस ब्राण्डप्रतिको इमान्दारीका कारण यो कम्पनी कुनै पनि हालतमा महेश बाबुलाई गुमाउन चाहँदैन । महेशले उनका परिवारका सदस्यलाई पेय पदार्थ खाँदा थम्स अप बाहेक अरु कुनै पनि ब्रान्डका पेय पदार्थ खान मनाही गरिदिएका छन् ।   

रणवीर सिंह भने सन् २०१६ पछि मात्रै यस ब्राण्डसँग आवद्ध भएका हुन । रणवीर भन्दा अगाडि सलमान खान यस ब्राण्डसँग आवद्ध थिए । पछि सलमानलाई छोडेर रणवीरका साथ यस कम्पनीले सहकार्य सुरु गरेको हो ।  
 

अन्तिम अपडेट: भदौ ११, २०७५

तपाईको प्रतिक्रिया