सिप्रदीद्वारा अनलाइनमार्फत टाटा गाडीको तालिम प्रदान

 बैशाख २३, २०७७ मंगलबार १९:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्सले नेपाल टिपर तथा ट्रक व्यवसायी संघ, कलंकी काठमाण्डौमा आवद्ध टाटाका ग्राहकहरुलाई अनलाइन मार्फत तालिम दिएको छ ।

१५ जना सहभागी तालिममा बीएसआईभी र बीएसभीआई सम्बन्धी अनलाइन तालिम दिइएको हो ।


गाडीहरुमा भित्रिएका नयाँ प्रविधि , यस्ता प्रविधीलाई सहजीकरण गर्ने र यसका फाइदाहरुका बारेमा तालिममा छलफल भएको सिप्रदीले जनाएको छ ।
तालिममा कम्पनीका महाप्रबन्धक  सामदेन लामाले अबको युग भनेको नवीनतम प्रविधिको युग भएको र आउने दिनहरुमा आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय प्रविधिका साथ निरन्तर उच्चस्तरीय सेवा दिने बताउनुभयो ।


नेपाल टिपर ट्रक व्यवसायी समिति, कलंकीका अध्यक्ष राम कुमार चापागाँईले अनलाइन मार्फत ग्राहक, व्यवसायी तथा देशभित्र विभिन्न प्राविरुका लागि भइरहेको  बीएसभीआई सम्बन्धी तालिमका लागि धन्यवाद दिनुभयो ।

यो तालिममा बीएसआईभी गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिइएको छ भने भविष्यमा आउने बीएसभीआई गाडीहरुको परिचय दिइएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया