शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
मकवानपुर - हेटौंडा उपमहानगरपालिकाले कृषियोग्य जमिन बाँझो नराख्न आग्रह गरेको छ ।
लामो समय सम्मको लकडाउनपछी खाद्यान्नको समस्या हुने भएकाले बाँझो अवस्थामा रहेका जमिन खाली नराख्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभयो । अहिले पनि खाली अवस्थामा रहेका खेतबारीलाई तत्काल उपयोगमा ल्याउनका लागि उहाँले आग्रह गर्नुभयो ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा किसानका लागि प्रविधि हस्तान्तरण, कृषिमा आधुनिकीकरणमा जोड दिएको छ । आउँदो आर्थिक वर्ष र यो वर्ष पनि बाँकी रहेको बजेटलाई उर्वर जमिनलाई उपयोगमा ल्याउनेगरी काम गर्न लागिएको मेयर महतले वताउनुभयो ।
लामो समयको लकडाउनका कारण बेरोजगारी समस्या बढ्दै गएकाले कृषि क्षेत्रमा लाग्ने युवाहरुलाई सहयोग गरिने उपमहानगरपालिकाको योजना छ ।
कोरोना भाइरसको महामारीका कारण रोजगारी क्षेत्रमा बढी असर पर्न गएकाले नगर क्षेत्रमा खेती योग्य जमिन बाँझो नराख्नका लागि सवैमा आगैह गरिएको र किसानका लागि सहयोगका कार्यक्रम पनि ल्याइने उहाँले बताउनुभयो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।