आफ्नै चिहान बनाएर मृत्यु कुर्दै डाँडामाथिका घाम (भिडियोकथा)

 साउन १४, २०७५ सोमबार १६:५९:३३ | सन्जिता देवकोटा

धनकुटा – मान्छे मरेपछि चिहानसम्म अरुले नै पुर्‍याउँछन् र चिहान पनि अरुले नै बनाइदिन्छन् । तर धनकुटाको साँगुरीगढी गाउँपालिकाको बुढिमोरङको कुरा बेग्लै छ । यहाँका केही पाका मानिस जिउँदो छँदै चिहान बनाएर मृत्यु कुरिरहेका छन् । 

भिडियाे कथा

किरात धर्मावलम्बीलाई घर नजिकको बारी वा जंगलमा चिहान बनाएर राख्ने चलन पुरानो हो । तर चिहानका लागि चिटिक्क परेका घर बनाउने चलन शुरु भएको धेरै वर्ष भएको छैन । 

घरमा एक्लै हुँदा, साथमै छोराछोरी भएपनि इच्छा अनुसारको चिहान नबनाइदिने हुन् कि भन्ने आशंका, लाहुर जाँदा विदेशमा देखेका व्यवस्थित चिहान र छोराछोरी बिदेशमा हुँदा राम्रोसित अन्त्येष्टि हुँदैन कि भन्ने चिन्ताले यहाँका पाकाहरुले जिउँदो जिउँदो छँदै आफ्नो चिहान बनाउन थालेका हुन् ।

पढ्ने कथा 

आफ्नो चिहान आफै बनाएर मृत्यु कुर्दै डाँडामाथिका घाम

 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया