हेटौंडा अस्पताललाई उपचार गर्न सघाउने ‘सिस्टर रोबोट’ हस्तान्तरण

 बैशाख २४, २०७७ बुधबार २०:४१:५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको हेटौंडा अस्पताललाई ‘सिस्टर रोबोट’ हस्तान्तरण गरिएको छ । 

कोरोना भाइरस (कोभिड-१९) को त्रास बढेको समयमा स्वास्थ्यकर्मीले सिधै बिरामीसम्म पुगेर जाँच गर्ने, औषधी दिनेभन्दा पनि ‘सिस्टर रोबोट’ का माध्यमले पुग्नका लागि सहज हुनेगरी हस्तान्तरण गरिएको हो । 

विशेषगरी कोरोना सङ्क्रमित बिरामीलाई उपचार गर्नका स्वास्थ्यकर्मीलाई सङ्क्रमण नहोस् भन्ने उदेश्यले ‘सिस्टर रोबोट’लाई प्रयोगमा ल्याउन लागिएको हो ।

नेपालका सरकारी अस्पतालमध्ये पहिलो पटक हेटौंडामा यसको प्रयोग गरिएको हो । नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश समितिले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत हेटौंडा अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।

‘सिस्टर रोबोट’ हेटौंडाको कर्रामा रहेको आइशोलेसनमा राखिने भएको छ । कोरोना सङ्क्रमित बिरामीलाई सिधै स्वास्थ्यकर्मी पुगेर जाँच गर्ने, औषधी वितरण गर्ने र सहयोगीले खाना लगिदिनेभन्दा पनि ‘सिस्टर रोबोट’ का माध्यमले पुर्याइने हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । 

स्वास्थ्यकर्मी छुट्टै कोठामा बसेर कम्प्युटरका माध्यमले ‘सिस्टर रोबोट’ बिरामीकहाँ पउने, बिरामीले आफ्ना कुरा भिडियोमार्फत राख्ने र त्यहीअनुसार उपचार गर्न सहजका लागि उपयोगमा ल्याइने डाक्टर श्रेष्ठले वताउनुभयो । 

‘सिस्टर रोबोट’ मा ३० केजीसम्मको सामानहरु रिमोटका माध्यमले बिरामीसम्म लैजानका लागि सजिलो हुने भएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सहजता प्रदान गर्ने र कोरोनाको सङ्क्रमण स्वास्थ्यकर्मीमा नफैलियोस् भन्ने उदेस्यले अस्पताललाई उपलब्ध गराइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बउनुभयो । 

कुल ९० हजार रुपैयाँ लगानीमा ‘सिस्टर रोबोट’ निर्माण गरिएको नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले बताउनुभयो । मुख्यमन्त्री पौडेलले ‘सिस्टर रोबोट’ हस्तान्तरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्न आग्रह गर्नुभयो । 

अहिलेको युग भनेको प्रविधिको युग भएकाले यसैअनुसार काम गर्न उहाँले निर्देशन समेत दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया