‘पहिलो नम्बर’का लागि दीपाले १५ दिन भात नै खाइनन्

 साउन १४, २०७५ सोमबार १८:०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिनेमा ‘छक्का पञ्जा ३’ मा समावेश पहिलो गीत ‘पहिलो नम्बर’मा सोमबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीत र भिडियो उत्कृष्ट बनेको दर्शकको प्रतिकृया छ । निर्माण टिमले यो गीतमा निकै नै मिहिनेत देखिन्छ ।  यस गीतको छायाँकंनमा मात्रै ६ दिन लागेको थियो । 

गीतको सेटका लागि पनि निर्माण पक्षले निकै खर्च गरेको भिडियोमा देख्न सकिन्छ । यसका साथै कलाकारहरुले पनि गीतका लागि धेरै नै मिहिनत गरेका छन् । 
विशेष गरी सिनेमाकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले यस गीतका लागि १५ दिन भात खाइनन् । 

खासगरी दीपाश्री निरौला मोटी सेलिब्रेटीको रुपमा चिनिन्छिन् । तर उनलाई नृत्यमा भने जिरो फिगर भएका हिरोइनहरुले पनि हराउन सक्दैनन् । ‘पहिलो नम्बर’को कुरा गर्ने हो भने पनि दीपालाई धेरैको तारिफ मिलेको छ । 

यस गीतमा उनी विशेष आकर्षक र स्लिम देखिएकी छिन् । मोटी भएर पनि सहज र हल्का तवरले नाच्ने दीपाको तरिकालाई धेरैले तारिफ गरेका छन् । दीपाले यस गीतमा स्लिम देखिन भने कडा मिहिनेत गरेकी थिइन् ।

दीपाले गीतको छायाँकंन हुनुभन्दा १५ दिन पहिलेदेखि भातखान छोडेकी थिइन् । हुन पनिउ नले १५ दिनमा ५ केजी तौल घटाइन् । 

१५ दिनमा दीपालाई ५ केजी तौल घटाउन त्यति सहज त थिएन । तर यस समयमा उनले भात त्यागिन् र सातु र खोलेको सहयोग लिइन् । यतिमात्रै हैन उनले नक्सालमा रहेको सेपअप स्लिमिङ सेन्टरको सहायता पनि लिइन् जसले उनलाई तौल घटाउन र स्लिम देखिन सहयोग गर्यो । 

‘छक्का पञ्जा ३’ को पहिलो नम्बरमा युट्यूबमा छोटो समयमा धेरै पटक हेरिने गीतबन्ने संकेत देखिन्छ । सार्वजनिक भएको तीन घण्टामै गीतलाई एक लाखको भ्युज मिलिसकेको छ । यही रफ्तारमा अघि बढेको खण्डमा यस गीतले आफ्नै सिरिजका गीतले राखेको रेकर्ड तोड्ने छ । 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया