राष्ट्र बैंकले भन्यो : भूकम्प प्रभावितको धितो लिलामी नगर्नु

 साउन १४, २०७५ सोमबार १९:१२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले भूकम्प प्रभावितको धितो लिलामी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

बैंकले आज निर्देशन जारी गर्दै भूकम्प प्रभावितले आवास पुनर्निमाणको लागि लिएको धितोको अर्को व्यवस्था नभएसम्म लिलामी नगर्न भनेको छ । राष्ट्र बैंकले २०७२ सालमा कार्यविधि बनाएर बैंकहरुलाई शून्य ब्याजदरमा पुनर्कर्जा दिने र बैंकले २ प्रतिशत ब्याजदरमा भूकम्प प्रभावितलाई ऋण दिने व्यवस्था  गरेको थियो । गएको असार मसान्त सम्म १ हजार ११ जना भूकम्प प्रभावितले १ अर्ब ७९ करोड रुपैयाँ ऋण प्रवाह गरिसकेका छन् । 

ऋण तिर्ने २ वर्षको भाका सकिएपछि केही बैंक तथा वित्तीय संस्थाले भूकम्प प्रभावितको धितो लिलामी गर्न थालेका छन् । तर नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर लिलामी नगर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले बैंकहरुलाई १ वर्षको लागि शून्य ब्याजदमा पुनर्कर्जा दिने भए पनि थप १ वर्ष थपेको थियो । तर पुनर्कर्जाको म्याद सकिएपछि भने बैंकहरुले भूकम्प प्रभावितसँगबाट चर्को ब्याज असुल्दै आएका छन् । 

चर्को ब्याजसँगै धितो नै लिलामी हुन थालेको गुनासोपछि राष्ट्रबैंकले भूकम्प प्रभावितको धितो लिलामी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया