सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण देखिएका पाँचै जना निको भएर घर फर्के

 बैशाख २६, २०७७ शुक्रबार १९:३८:२२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - धनगढीकी कोरोना सङ्क्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ  ।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उहँलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताउनुभयो ।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

उहाँसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उहाँभन्दा पछाडि भर्ना भएकी एक जनागरी चार जना कोरोना सङ्क्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भइसकेका छन्।

योसँगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्। 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया