नेपालगञ्जमा कोरोना परीक्षणका लागि दुई हजार किट उपलब्ध

 बैशाख २७, २०७७ शनिबार ६:१०:५१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - कोरानाको सङ्क्रमण देखिएको नेपालगञ्जमा शुक्रबार दुई हजार किट प्राप्त भएको छ  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  भेरी अस्पताल नेपालगञ्जमा रहेको प्रयोगशालामा पिसिआर जाँचका लागि पठाएको दुई हजार किट शुक्रबार साँझ  प्राप्त भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

नेपालगञ्जमा हालसम्म २४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । शुक्रबार मात्रै एकजनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया