हेपाटाइटिसका बारेमा जनचेतना फैलाउँदै स्पर्श नेपाल र एनएएसएल

 साउन १४, २०७५ सोमबार १९:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हरेक वर्ष विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले जुलाई  २८ मा ‘विश्व हेपटाइटिस दिवस’ मनाउँदै आएको छ ।  

डब्ल्यूएचओले २०३० सम्म विश्वभरबाट हेपाटाइटिस हटाउने लक्ष्य राखेको छ । त्यो लक्ष्य हासिल गर्न नेपालमा पनि स्पर्श नेपाल र एनएएसएलको सहयोगमा जनचेतना फैलाउन र्‍यालीको आयोजना गरिएको थियो । विश्व हेपटाइटिस दिवसको अवसरमा ‘हराएका हजारौँको खोजी’ मूल नाराका साथ र्‍यालीको आयोजना गरिएको थियो । 

हेपटाइटिस एक भाइरल रोग हो जसले कलेजो (हाम्रो शरीरको महत्वपूर्ण अङ्ग) लाई असर गर्ने गर्दछ । ए, बी,सी, डी र ई गरी हेपटाइटिस ५ प्रकारका हुन्छन् ।
हेपटाइटिका लक्षणहरु धेरै थकाई लाग्ने, भोक नलाग्ने, पेटमा असहज र छाला पहेँलो हुने हुन् । 

यसको रोकथामलाई विभिन्न कार्यहरु गर्न सकिन्छ 

  • यसको फैलावट रोक्ने 
  • सुई र ट्रिमर जस्ता उपकरणहरु शेयर नगर्ने 
  • समयमै उपचारको लागि परीक्षण गर्ने 
  • सुरक्षित रगत आदानप्रदान

र्‍यालीको प्रमुख उद्देश्य समाजमा हेपटाइटिसको बारेमा जनचेतना फैलाउने थियो । सिरोसिस र कलेजोको क्यान्सरको खतरा हटाउन उचित औषधी र यसबाट बच्ने उपायहरु अपनाउन पर्दछ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया