पर्वतमा माइक्रो बस र मिनीबस ठोक्किँदा १७ जना घाइते

 साउन १४, २०७५ सोमबार २०:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत –सोमबार दिउँसो पर्वतको कुश्मा नगरपालिका –२, सहस्रधारामा माइक्रोबस र मिनीबस एकापसमा ठोक्किँदा १७  जना यात्रु घाइते भएका छन् । 

पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत सहस्रधारामा कुश्माबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ६४०४ नम्वरको मिनीबस र बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६३०२ नम्वरको जीप एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका हुन् । 

घाइतेमध्ये ८ जना धवलागिरि अञ्चल अस्पतालबाटै सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् भने ८ लाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।  एक जना धवलागिरि अञ्चल अस्पतालमा नै उपचाररत रहेको प्रहरीले जनाएको छ । 

दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया