एक लाख ८० हजार लिएको उजुरीपछि म्यानपावरमा छापा, न्यूनतम शुल्कमै कामदार पठाइने

 साउन १४, २०७५ सोमबार २०:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रोजगारीका लागि कुवेत पठाउन प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ लिएको भन्दै उजुरी परेपछि काठमाडौंको एक म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । 

विभागले बसुन्धारामा रहेको अल स्किल्स  इन्टरनेसनल ह्युमन रिसोर्स म्यानपावरमा सोमबार साँझ छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । विभागका अनुसार म्यानपावरले मंगलबारको उडानमा ३५ जना युवालाई कुवेत पठाउँदै थियो । पीडितको उजुरीका आधारमा छापा मारिएको हो । 

कुवेत जान लागेका ती युवालाई तोकिएकै शुल्कमा पठाउने विभागले जनाएको छ । कुवेत जान बढीमा १० हजार रुपैयाँ तिरे पुग्छ । म्यानपावरमाथि भने छानविन र कारबाही प्रक्रिया अगाडि बढाइनेछ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया