१६ वर्षीय छोराको सम्झनामा बाबुले पुरे सडकका ५५६ खाल्डा

 साउन १४, २०७५ सोमबार २०:२१:६ | एजेन्सी
unn.prixa.net

भारतको मुम्बईमा बस्ने दादाराओ बिलहोरेले १६ वर्षीय छोराको सम्झनामा शहरका सडकमा रहेका ५ सय ५६ खाल्डा पुरेका छन् । 

उनका छोरा प्रकाशको सन् २०१५ मा एउटा सडक दुर्घटनामा परि ज्यान गएको थियो । उनको मोटरसाइकल सडकमा भएको खाल्डोमा परि चिप्लिएको थियो । 

दादाराओले सडकमा भएका खाल्डा आफूले देशभरकै खाल्डा नपुरिएसम्म पुर्दै जाने बताएका छन् । बिलहोरेले आफ्नो छोराले जस्तो अरु कसैले भोग्नु नपरोस् भन्ने चाहन्छन् । आइतबारसम्म उनले मुम्बईका सडकमा भएका ५ सय ५६ खाल्डा पुरिसकेका छन्।

बिलहोरेले भारतको जनसंख्या धेरै भएको बताउँदै केवल एक लाखले मात्रै सडकका खाल्डा पुर्न सुरु गर्ने हो भने देशमा एउटा पनि खाल्डो बाँकी नरहेने बताएका छन् । 

यो वर्ष मात्रै वर्षा सुरु भएसँगै मुम्बईमा मात्रै सडकमा रहेका खाल्डाका कारण ६ जनाले ज्यान गुमाएका छन् ।

केही दिनअघि महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले सडकमा रहेका खाल्डा जतिसक्दो छिटो पुर्न आग्रह गर्दै राज्य सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

2 Comments

  • Saugat Shrestha

    Aug. 1, 2018, 11:51 a.m.

    आइतबारसम्म उनले मुम्बईका सडकमा भएका ५ सय ५६ खाल्डा पुरिसकेका छैन । सम्पादक र डेस्क - भाषा मिलाउनुपर्यो नत्र अर्थको अनर्थ लाग्ने संभावना भयो नि /

  •  0 Reply
  • एन आर एन न्यौपाने

    July 30, 2018, 10:27 p.m.

    हो यसरी सडकमा भएका खाल्डा पुरने हो भने सडक द्रुघटना कम गर्न सकिन्छ यसमा जनता अनि सरकारको ध्यान केनद्रीत हुनु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया