दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

 साउन १५, २०७५ मंगलबार ७:१२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको  देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान  गएको छ । 

आफ्नै घरमा लत्रिएको बिजुलीको तार मिलाउने क्रममा राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाट का ३७ वर्षीय भेषराज पौडेलको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ्गले जानकारी दिएको छ ।

सोमबार बेलुका घर भित्र लत्रिएको तार मिलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा पुर्याइएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया