बैंक गतिबिधि : सेञ्चुरी र जनता बैंकको शाखा थप, सिटिजन्सको प्रवक्तामा उमंग शर्मा

 साउन १५, २०७५ मंगलबार ७:५५:३८ | उज्यालो सहकर्मी

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा खोलेको हो।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले ललितपुरको सानेपामा १७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यकाभित्र आफ्नो शाखा विस्तार गर्ने क्रममा शाखा सञ्चालनमा ल्याएको हो ।

जनता बैंक

जनता बैंक नेपालले मोरङ र रोल्पा गरि दुई नयाँ शाखाबाट कारोवार शुरु गरेको छ । विराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका वडा नं. ५, दुईखुलीमा दुइखुली शाखा गरि दुई नयाँ शाखा खोलिएको हो । जनता बैंकको देश भरीमा १२१ सञ्जाल पुगेको छ भने, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिब १७ वर्षअघि नबिल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा अनुभवी बैंकरका रूपमा रहेको बैंकले जनाएको छ ।

पूर्वाधार विकास बैंक

नेपाल पूर्वाधार विकास बैंकको कार्यालय बानेश्वरको कृष्णटावरमा स्थापना भएको छ । बैंक सञ्चालनको सैद्धान्तिक सहमति पाएपछि कार्यालय राख्ने प्रक्रिया सकिएको बैंक स्थापनको व्यबस्थापकिय कार्यमा संलग्न इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले बताउनुभयो ।

एनसीसी र लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंक्योरेन्समार्फत ननलाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखाबाट लुम्बिनी जनरल इन्स्योरेन्सको पोलिसी बिक्री हुनेछ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया