दृष्टिविहीन सन्तानका लागि पहरा भत्काएर बाटो (भिडियो कथा)

 बैशाख १९, २०७५ बुधबार ९:५६:७ | उज्यालो सहकर्मी

चन्द्रवीर वलीको घर दाङको तुल्सीपुर नगरपालिका भित्रै पर्ने पहाडी जंगलका बिचमा छ । उहाँको परिवारका ११ जना मध्ये ९ जनाले आँखा देख्दैनन् । घरबाट बजार पुग्न र बजारबाट घर फर्कने क्रममा भीरको बाटो हिँड्न वलीलाई पनि निक्कै समस्या पर्ने गरेको थियो । यो अप्ठ्यारो बाटो हिँड्न प्यारी जीवन संगिनीसँगै दृष्टि विहीन सन्तानलाई अप्ठ्यारो होला भन्ने ठानेर ७२ वर्षको उमेरमा उहाँले एउटा सपना देख्नुभयो । उहाँको त्यो सपना थियो, भीरमा बाटो बनाउने । 

आफ्ना दृष्टिविहीन सन्तानका लागि देखेको सपना पूरा गर्न वृद्धले पसिना बगाउँदै झण्डै २ किलोमिटर लामो बाटो बनाउनुभयो । तुल्सीपुर नगरपालिका १ को विकट खमारीगाउँको परेखोलामा रहेको आफ्नो घरदेखि राप्ती राजमार्गको दाङ–सल्यान सडक खण्डको साततलेसम्म उहाँले बाटो खन्नुभयो । 

उहाँले आफैंले खनेर मोटरसाइकल चलाउन मिल्ने गरी तयार गरेको बाटोमा केहि महिनाअघि डोजर चल्यो र त्यो बाटो अझै फराकिलो भयो । वलीले सुरु गरेको बाटोमा अहिले त गाडी पनि चल्छन् । उहाँ आफैं पनि टेम्पु चढेर घरसम्म पुग्नु भयो । घरसम्म गाडी चल्न थालेपछि उहाँ खुसी त हुनुहुन्छ । तर ७२ वर्षका वृद्धले खनेको बाटोबाट वलीका सन्तान खुसी छन् कि दुखी ? थाहा पाउन हेर्नुहोस हेर्ने कथाको पाचौँ अंकः

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया