आजको मौसम : राति ठूलो पानी पर्न सक्ने, ठूला नदीमा बाढीको सम्भावना छैन

 साउन १५, २०७५ मंगलबार ८:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
 
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसोपख पूर्व र पश्चिमका एक दुई ठाउँमा र राति देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जनाएको हो ।

दिउँसो केहीबेर काठमाडौं उपत्यकामा मौसम खुले पनि फेरि बदली हुने र पानी पर्ने सम्भावना छ ।

अबको तीन दिन ठूला नदीमा बाढीको जोखिम छैन । तर चुरे र पहाडका सानामा नदीमा पानी परेको बेलामा सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाको आग्रह छ । यस्तै भिरालो जमिन वा यसअघि पहिरो गएको ठाउँमा आहोर–दोहोर गर्दा सतर्क हुन शाखाले अनुरोध गरेको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया