क्लबले सात मिलियन पाउण्ड तलब काटेको भन्दै युभेन्टसका एड्रियन राबियोटकाे अनसन

 जेठ १, २०७७ बिहिबार ११:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युभेन्टसका मिडफिल्डर एड्रियन राबियोट क्लबले सात मिलियन पाउण्ड तलब काटेको भन्दै अनसन सुरु गरेका छन् ।

सिरी ए का लागि इटली फर्कने तयारी गरिरहँदा क्लबले सात मिलियन पाउण्ड तलब काटेको भन्दै उनले इटली फर्कन अस्वीकार गरेका छन । इटाली फर्कनका लागि दुई साता आइसोलेसनमा बसेका राबियोटले ठूलो मात्रामा तलब काटेको थाहा पाएपछि अनसन सुरु गरेका हुन् ।

फ्रान्सेली खेलाडी राबियोटले इटली फर्किएपछि पनि आफ्नो आन्दोलन जारी रहने बताएका छन् । गत सातामात्र युभेन्टसमा अनुबन्ध भएका राबियोटले २८ मिलियन तलबमा सात मिलियन कटौती गर्दा ठूलो मर्का परेको बताएका छन्।

मार्चमा युभेन्टसका खेलाडीले चार महिनाको तलब कटौती गर्न सहमति गरेका थिए । जसका कारण युभेन्टसलाई ८० मिलियन बचत भएको थियो । राबियोटले यो सिजन मात्र ११ खेलमा खेलेका छन् । उनको एजेन्टका रुपमा रहेकी उनकी उनी आमा भेराेनिकले पनि ट्रान्सफर विन्डो खुलेपछि राबियोट क्लबबाट बाहिर जानसक्ने बताएकी छिन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया