नेपाल र भारतका गरी झण्डै १ हजार नागरिक आ–आफ्नाे देश फर्कँदै

 जेठ १, २०७७ बिहिबार १९:१७:५६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल र भारतका गरी झण्डै एक हजार नागरिक आ–आफ्नो देश फर्कने भएका छन् ।

भारतको नानपारा क्वरेण्टीनमा रहेका सहित पाँच सय बढी नेपाली नेपालगञ्ज नाका भएर स्वदेश फर्किँदै छन् । यसैगरी बाँकेका विभिन्न क्वरेण्टीनमा रहेका, इँटाभट्टामा कार्यरत र अन्य काम विशेषले आएका पाँच सय बढी भारतीय नागरिकलाई पनि भारत पठाउन लागिएको छ ।

भारतीय नागरिकहरु स्वदेश फिर्ताका लागि जमुनाह नाका पुगेका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भारतबाट भित्रिने नेपालीलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिने जानकारी दिनुभयो । क्वरेण्टीनमा राखिएपछि उनीहरुको जाँच गरी सम्बन्धित जिल्ला पठाउने विषयमा निर्णय लिइने प्याकुरेलले बताउनुभयो ।

सीमापारि नानपारामा एउटै क्वरेण्टीनमा तीन सय बढी नेपाली २५ देखि ५० दिनसम्म बस्दै आएका थिए । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया