भारतमा अलपत्र सात सय नेपाली जमुनाह नाकाबाट भित्रिए

 जेठ २, २०७७ शुक्रबार ८:५५:५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - सीमावर्ती भारतको नानपारा लगायतका ठाँउमा रोकिएका झण्डै  सात सय नेपाली बिहीबार मध्यरातमा जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजालका अनुसार विभिन्न स्थानमस रहेका क्वरेन्टीन र अन्यत्र रहेका यसैगरी बाँकेका विभिन्न क्वरेन्टीनमा रहेका, इँटा उद्योगमा कार्यरत तथा अन्य कामले यहाँ फसेका एक हजार चार सय भारतीय नागरिकलाई पनि बिहीबार राति आफ्नो देश पठाइएको छ ।

नेपालगञ्जउपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले भारतबाट नेपाल प्रवेश गरेका नागरिकको नाकामा आरडीटी जाँच सुरु गरिएको जानकारी दिनुभयो ।

जाँचपछि बाहिरी जिल्लाकालाई सम्बद्ध जिल्ला पठाउने र बाँकेकालाई यहीँ क्वरेन्टीनमा राखिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

अन्य नाकाबाट डेढ सय नागरिक भित्रिएको प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले नाकामा रहेका नेपालीको व्यवस्थापनको काम भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया