कोभिड-१९: बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द

 जेठ २, २०७७ शुक्रबार १०:३३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको प्रभाव कम नभएपछि बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द भएको छ ।

सेप्टेम्बर ६ देखि १३ ताखिरसम्म हुने भनिएको प्रतियोगिताको यो सिजन कोरोनाका कारण रद्द भएको हो । बेलायतमा कोरोनाको सङ्क्रमण कम नभएपछि आयोजकले प्रतियोगिता रद्द भएको बताइएको छ ।

यसका साथै महिलातर्फ हुने टुर अफ योर्कसायर पनि रद्द भएको छ । आयोजकले २०२१ को टुर अफ ब्रिटिस सेप्टेम्बर ५ देखि १२ सम्म हुनेछ । प्रतियोगिता रद्द हुनुको अर्थ यो बर्ष बेलायतमा साइक्लिङका कुनैपनि खेल हुनेछैनन् ।

२०१९ मा भएको यो रेसमा एक दशमलव पाँच मिलियन दर्शकले हेरेका थिए । यसपटक पनि समर्थक उपस्थित गराउन उचित नहुने भएपछि रेस नै स्थगित गरिएको हो ।

आयोजकले अब टिमहरुले अर्को सिजनका लागि तयारी गर्नुपर्ने बताएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया