मेलम्चीको पानी परीक्षणमा घाइते भए उपचार गर्न पीआईडी र एनएमसीबीच सम्झौता

 साउन १५, २०७५ मंगलबार ११:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निमार्ण कार्यमा घाइते भए नेपाल मेडिकल कलेजले स्वास्थ्य उपचार गर्ने सम्झौता भएको छ । आयोजना अन्तर्गत अहिले पाइप विछ्याउने काम भइरहेको छ ।
 
कामका सिलसिलामा घाइते भएको खण्डमा नेपाल मेडिकल कलेज जोरपाटीले उपचार गर्ने विषयमा पीआईडीसँग संझौता भएको हो । काठमाडौैं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची खानेपानी वितरणका लागि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट चावहिल धोवीखोलासम्म विछ्याएको पाइप लाइनमा पानी परीक्षण गर्ने कार्य धमाधम भइरहेको छ ।

यो कार्यमा भैपरी आउँने दुर्घटनामा परि घाइते कामदार,  कर्मचारी, स्थानीयबासीको उपचारका लागि आयोजना कार्यान्वयन निर्देशनालय ( पीआईडी ) र नेपाल मेडिकल कलेजबीच संझौता भएको अस्पतालका निर्देशक डा. राजेश किशोर श्रेष्ठले बताउनुभयो । 

घाइतेलाई अस्पतालले दिने सेवा,  घाइतेको आकस्मिक रुपमा भर्ना गरी उपचारको व्यवस्था गर्ने, उपचारको क्रममा आवश्यक औषधि उपचारको व्यवस्था अस्पतालले गर्ने, आवश्यकता अनुसार सहज रुपमा चेकजाँच अस्पतालले गर्ने, सिफारीस गरि पठाएको बिरामीलाई अस्पतालमा उपलब्ध हुने मात्र औषधि उपचारको व्यवस्थाको सहजीकरण गर्ने, रिफर गर्न परे विरामीको सम्पूर्ण उपचार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने सम्झौता भएको छ ।

औषधिको हकमा भने, आस्पतालको आफ्नै फार्मेसी नभएकाले अस्पताल भित्र रहेको निश्चल मेडिकल सेन्टर एण्ड फार्मेसीसँग समन्वय गरी अस्पतालले विल प्राप्त गरे पश्चात भुक्तानी गरिदिने भएकाे छ ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया