दुम्सीलाई थापेको पासोमा परेको चितुवाको उद्धार

 साउन १५, २०७५ मंगलबार १२:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – मेलौली नगरपालिका वडा नं ३ स्थित लेकमा पासोमा परेको चितुवाको उद्धार गरिएको छ । दुम्सीका लागि थापेको पासोमा परेको चितुवाको उद्धार गरी बर्दिया राष्ट्रिय निकुञ्ज लगिएको हो ।

स्थानीय, प्रहरी र जिल्ला वन कार्यालयका कर्मचारीहरुले उद्धार गर्न नसकेपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोली मगाइएको सहायक जिल्ला वन अधिकृत रामचन्द्र लामाले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले उद्धार गरी आज बर्दिया निकुञ्ज लगेका छन् ।

गत शुक्रबार स्थानीय ईश्वर क्षेत्रीले दुम्सीका लागि थापेको पासोमा चितुवा परेको थियो । चितुवाको खुट्टा मात्रै पासोमा परेकाले उद्धार गर्न कठीन भएको थियो । चितुवा परेको खबर पाएसँगै जिल्ला वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थल पुगेर बर्दियाको उद्धार टोली बोलाएका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया