नयाँ काम खोज्न युएईले अवैधानिक कामदारलाई ६ महिनाको समय दिने

 साउन १५, २०७५ मंगलबार १२:२९:५५ | उज्यालो सहकर्मी

युएई – आममाफीको समयमा विदेशी नागरिकलाई काम खोज्नका लागि युएईले ६ महिनाको भिसा दिने भएको छ ।

कानुनी बाटो अपनाएर युएई प्रवेश गरेकाले मात्रै यो भिसा पाउने युएईले जनाएको छ । तर गैरकानुनी हिसाबले युएई प्रवेश गरेका विदेशी नागरिकले भने यो भिसा पाउने छैनन् । 

व्यक्ति स्वयम्ले नै आफ्नो जिम्मेवारी लिएर नयाँ काम खोज्नका लागि ६ महिनाको भिसा लिन सक्ने र यो अवधिमा काम पाएमा बसोबासको भिसा लिन सक्ने युएईले जनाएको छ । 

६ महिनाको भिसा लिएकाहरुले युएईमा सरकारी र निजी दुवै क्षेत्रमा काम खोज्न सक्नेछन् ।  तर यो समयमा काम नपाएमा स्वदेश फर्किनु पर्नेछ । त्यस्तै गैरकानुनी हिसाबले युएई प्रवेश गरेकाहरु पनि कुनै जरिवाना र सजाएबिनै स्वदेश फर्किन पाउनेछन् । तर दुई वर्षसम्म युएई प्रवेशमा रोक लगाइनेछ ।

युएईले दिएको आममाफीको समय बुधबारदेखि सुरु हुँदैछ । बुधबार अगष्ट १ देखि अक्टोबर १ सम्म युएईले विभिन्न कारणले अवैधानिक भएका विदेशी नागरिकलाई वैधानिक बन्न र स्वदेश फर्किन अवसर दिएको हो । 

तीन महिनाको समयमा ओभरस्टे अथवा भिसा अवधिभन्दा धेरै समय बस्नेहरु पनि कुनै जरिवाना र सजाए बिनानै स्वदेश फर्किन पाउनेछन् । 

यो पनि पढ्नुहोस्

‘तीन महिनाको आममाफी युएईले दिएको उपहार हो’

गैरकानुनी कामदारलाई युएईले दियो ३ महिनाको आममाफी

युएईका अवैधानिक कामदार जरिवाना नतिरी स्वदेश फर्किन पाउने

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया