म्याकडोनाल्डलाई हराउँदै मुर्रे वाशिङ्टन ओपन टेनिसको दोस्रो चरणमा

 साउन १५, २०७५ मंगलबार १३:०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

बेलायती खेलाडी एन्डी मुर्रे वाशिङ्टन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

अमेरिकाको वाशिड्डटनमा भएको खेलमा घरेलु खेलाडी म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै मुर्रेले दोस्रो चरणमा स्थान सुरक्षित बनाएका हुन् । 

एक सेटमा पछि परेको अवस्थामा मुर्रेले पछिल्लो दुई सेट जितेका थिए ।

म्याकडोनाल्डलाई हराउन साढे दुई घण्टा कोर्टमा बिताएका मुर्रेले सातवटा म्याच पोइन्ट जितेका थिए । 

पूर्व विश्व नम्बर एक मुर्रेको तीनवटा सर्भिस ब्रेक गर्दै म्याकडोनाल्डले पहिलो सेटमा ३–६ को जित निकालेका थिए ।

दोस्रो सेटमा मुर्रेले ६–४ को सहज जित हात पार्दै खेल बराबरीमा पुर्‍याए ।

एक घण्टा १३ मिनेट चलेको निर्णायक सेटमा मुर्रेले ठूलो संघर्षका साथ ७–५ को जित निकाले ।

दोस्रो चरणमा मुर्रेले बेलायतकै खेलाडी केल एडमण्डको सामना गर्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया