जब सलमानले ‘कट्रिना सुन्दर र सुशील केटी हुन्’ भन्ने ट्वीट गरे

 साउन १५, २०७५ मंगलबार १३:३५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘भारत’ अहिले निकै चर्चामा छ ।

चर्चाको मुख्य कारण अभिनेत्री प्रियंका चोपडाले फिल्म छोड्नु र अर्की अभिनेत्री कट्रिना कैफको यस फिल्मा प्रवेश हुनु हाे ।

यस कुराको खुलासा पहिले फिल्मका निर्देशकले गरेका थिए । त्यस पछि अभिनेता सलमानले यस्तो ट्वीट गरे जुन कुराले अहिले हंगामा मच्चाइरहेको छ । 

सलमान खानले सोमबार राति ट्वीट गरेका छन ‘एक सुन्दर र सुशील केटी जसको नाम कट्रिना केफ हो । तपाईँलाई भारतको जीन्दगीमा स्वागत छ ।’  

 

सलमान खानको यस ट्वीटले सामाजिक सञ्जालमा तहल्का मच्चाइदिएको छ । 

सलमानको यस किसिमको ट्वीटलाई उनी र कट्रिनाबीचको प्रेम सम्बन्धलाई जोडेर हेरिँदैछ । 

अब यस कुरामा कत्तिको सत्यता छ भन्ने कुरा त सलमान कट्रिनालाई नै थाहा होला । तर यी दुईजनाको जोडी बक्सअफिसमा भने सुपरहिट छ । 

यस कुराको प्रमाण फिल्म ‘टाइगर जिन्दा हे’ लाई लिन सकिन्छ । जुन फिल्मले बक्स अफिसमा करोडौंको व्यापार गरेका थियो ।

 

फिल्म ‘भारत’ मा सलमान खान, कट्रिना कैफबाहेक दिशा पटानी, तब्बू र सुनील ग्रोवर मुख्य भूमिकामा देखिनेछन् ।

अभिनेत्री दिशा पटानी यस फिल्ममा सलमान खानकी बहिनीको भूमिका निर्वाह गर्दैछिन् भने सलमान र कट्रिना पाँचवटा भिन्दा भिन्दै लुकमा देखिँदैछन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया