सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–१०, तिरतिरे भीरमा मंगलबार बिहान गएको पहिरोले पासाङल्हामु सडक अबरुद्ध भएपछि रसुवा जाने दर्जनौं सवारी साधन अलपत्र परेको छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक योजनाले सडक स्तरोन्नतीको क्रममा काटेको सडकमा पहिरो गएको हो । पहिरोले झण्डै १० मिटर सडक पुरेको छ । पहिरोका कारण काठमाडौंबाट रसुवाका लागि हिँडेको र रसुवाबाट काठमाडौंको लागि हिँडेका दर्जनौं सवारीसाधन रोकिएको छ ।
रसुवा जानको लागि बैकल्पिक सडक त्रिशूलीबाट तुप्चे हुँदै मनकामनाबाट पैरेबेसी तरेर जान सकिने सडक समेत मनकामनामा पहिरोले भत्काएका कारण सवारी आवातजावत गर्न नसक्ने भएको छ । पहिरो खुलाउन दुई दिनसम्म लाग्ने प्रहरीले जनाएको छ ।
नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।