दैलेखमा भारतबाट आएकालाई क्वरेण्टीनमा राखियो

 जेठ ३, २०७७ शनिबार २०:५३:१५ | अमर सुनार
unn.prixa.net

दैलेख – भारतका विभिन्न ठाउँबाट जेठ ३ गते दैलेख आएका ९६ जना युवाहरुलाई चार ठाउँका क्वरेण्टीनमा राखिएको छ ।

होम क्वरेन्टीनमा नियम पालना नभएको भन्ने गुनासाे आएको कारण उचित व्यवस्थापनसहित क्वरेण्टीनमा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । 

क्वरेण्टीनमा राखिएकाहरुलाई खाना, बसाइ र आवश्यकतामा औषधिलगायतका काममा सहयोग पुग्ने भएकाले पायक पर्ने गरी पालिकाहरुको समन्वयमा चार ठाउँकाे क्वरेण्टीनमा राखिएको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले जानकारी दिनुभयो ।   

लकडाउनकै बेला पनि भारतले नेपालको सीमामा ल्याइ छोडेकाहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्लामा पुर्‍याउने सरकारको निर्देशन अनुसार दैलेखका ९६ जनालाई यी चार ठाउँकाे क्वरेण्टीनमा पुर्‍याएकाे हाे । 

अन्तिम अपडेट: चैत ४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया