बाँकेमा क्वरेण्टीनमा बसेका युवकको ज्यान गयो, स्वाब परीक्षण हुँदै

 जेठ ४, २०७७ आइतबार १०:५३:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नरैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका युवकको ज्यान गएको छ ।

दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान ज्यान गएको तर कारण खुल्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले उज्यालोलाई जानकारी दिनुभयो ।

उनी केही दिनअघि भारतबाट आएका र शनिबार रातिदेखि बिसन्चो भएर बिहान ज्यान गएको उहाँले बताउनुभयो । ती युवाको कोरोना परीक्षणका लागि नमुना सकलन गरी भेरी अस्पतालमा पठाइएको र आज रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण खुल्ने अध्यक्ष साहको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया