वीरगञ्जबाट पोखरा आएका एक जना उतै फर्काइए

 जेठ ४, २०७७ आइतबार १५:१६:४१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – शनिबार राति वीरगञ्जबाट पोखरा आएका एक युवकलाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ । 

पोखरा ५ पर्स्याङमा मजदुरी काम गर्ने युवा विना अनुमति आटा मैदा ओसार्ने ट्रकमा चढेर आएको पाइएकाले वीरगञ्ज नै फिर्ता पठाइएको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । 

‘उनी पहिलेबाट नै पर्स्याङमा बसेर अटोको काम गर्दै आएका हुन् । लकडाउनको समयमा कोरोना सङ्क्रमण भएको ठाउँमा गएर आएका हुनाले फिर्ता पठाएका हौँ’, उहाँले भन्नुभयो, ‘उनीसँंग अनुमतिपत्र केही पनि थिएन ।’ शनिबार राति पोखरा आएका उनलाई आइतबार त्यही ट्रकमै वीरगञ्ज फिर्ता पठाइएको हो । 

कोरोना सङ्क्रमण नदेखिएको कास्कीमा अति आवश्यक सामाग्री ओसार्ने सवारीमा लुकछीपी प्रवेश गरेको पाइएकोले प्रशासनले नाकामा निकै कडाइ गरेको छ । कडाइ गर्दागर्दै पनि विभिन्न बहाना बनाएर कास्की छिर्नेहरुलाई सम्बन्धित पालिकाको वडा कार्यालयले निगरानी गरिरहेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया